images

सोमवार, बैशाख १७ गते २०८१

सारस संरक्षणका लागि सचेतना

सारस संरक्षणका लागि सचेतना

images
images
images
मंगलवार, चैत्र २० २०८०
मंगलवार, चैत्र २० २०८०
  • सारस संरक्षणका लागि सचेतना

    लुम्बिनी विकास कोषभित्र मात्र कÞरिब ५० वटा जति सारस रहेको अनुमान छ । डेढ लाख वर्षअघि यो पंक्षीको पृथ्वीमा अस्तित्व देखिएको र हाल कÞरिब १५ हजार मात्र रहेपछि यसलाई अतिलोपोन्मुख पंक्षीको रुपमा लिस्टिङ गरिएको छ ।

    images

    यो पंक्षी संसारभरी १५ प्रजातिको पाइन्छ । नेपाल भारतबाहेक यो पंक्षी अन्टार्टिका दक्षिण अमेरिकामा पनि पाइन्छ । वयस्कमा यो १७६ सेन्टीमिटर उचाई र १२ केजी तौलसम्मको हुन्छ । चुच्चे लामो नाक, लामो खुट्टा र शरीर चाहि गह्रुङ्गो हुने गर्दछ । (विकिपिडिया)

    खÞास गरी धान खेतीमा सारस देखिए तराईमा शुभ मानिन्छ । किरा, फट्याङग्रा खाइ उब्जनी धेरै गराइदिने हुँदा खेतमा सारस बसे किसान खुसी हुन्छन् ।

    केही वर्षअघि सारसको चोरी सिकारी र अण्डा चोर्ने देखिएपछि सञ्चारकर्मी कुलमणि ज्ञवाली र म चेतन पन्तले जनचेतनाका लागि रेडियो कार्यक्रम चलायौं । यसमा हामीलाई पंक्षी विज्ञ राजेन्द्र सुवालले मद्दत गर्नुभयो ।

    लुम्बिनी र कपिलवस्तुका धेरै सिमसार क्षेत्र गयौं । रोचक कुरा हालको धानको जेनेटिक रिसोर्से टिननी टिनना धान भेटायौं । यो धान महिलाहरुले व्रत बस्दा खाने गर्छन् ।

    सारस संरक्षण गर्न निकै गाह्रो रहेछ । हामीले भ्रमण गर्दा पायौं । धेरै त लुम्बिनी विकास कोषभित्र विद्युत तारमा करेण्ट लागेर मरे । केहीले चोरी सिकारी गरे । हाल विकास कोषले तारहरु भूमिगत गरेपछि सारस संरक्षण सघाउ पुगेको छ ।

    यिनै संकटपूर्ण स्थिति देखेपछि हामीलाई जनचेतनाका लागि रेडियो कार्यक्रम चलाउन भनियो । तर, यो पंक्षीलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाले नगर पंक्षी घोषित गरेपछि यो यसको संरक्षण हुँदै गएको छ । यसको संरक्षणमा गाउँ समाज पनि लागेको छ । हाल नगरमा धेरै संरक्षणवादी पनि सक्रिय छन् ।

    यसमध्ये लुम्बिनीका युवा अर्जुन कुर्मी निकै सक्रिय छन् । केही बिहारहरुले पनि यसको पालनपोषण गरेका छन् ।

    विश्व क्रेन फाउण्डेशनले लुम्बिनीभित्र १ सय हेक्टर जमिन १ सय वर्षलाई लिजमा लिएर सिमसार क्षेत्र निर्माण गरेको छ । विश्व शान्ति स्तूपादेखि पुर्व उत्तरमा ठाउँठाउँमा सिमसार क्षेत्र छ ।

    शान्तिको प्रतिक, प्रेमको जोडी, सुन्दर पंक्षी सारस बेलाबेलामा नृत्य पनि गर्छन् । यो बेलामा पंक्षीबीच निकै रसरंग भएको अनुमान गर्न सकिन्छ ।

    गाउँ बस्तीमा कहिलेकाही भैरहवा नजिक सिमसार क्षेत्र देखिन्छ । देखिए यसलाई संरक्षण गर्न र निगरानी गर्न जरुरी छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij