२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक शुरु

मंगलवार , कार्तिक २५, २०८२

  • 202
    Shares
  • 202
    Shares
  • काठमाडौं, २५ कार्तिक ।नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक शुरु भएको छ । 

    विगत लामो समयदेखि जारी रहेको केन्द्रिय समिति बैठक मंगलवार मध्यान्हबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, लगायत सहमहामन्त्री, केन्द्रिय सदस्यहरु रहेका छन् । पार्टी महामन्त्री थापा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग र महाधिवेशनका लागि कार्यतालिका प्रश्तुत गर्न नदिएपछि केही बैठकहरुमा उपस्थित हुनुभएको थिएन ।

    तर महाधिवेशन कार्यतालिका प्रश्तुत गर्न दिने सहमतिपछि यसअघिको बैठकमा उपस्थित हुनुभएको थियो । मंगलवारको बैठकमा पनि सहभागी हुनुहुन्छ । काँग्रेसमा सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर गएपछि पार्टीका निर्णयहरु हुन सकेका छैनन् । एक पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेलामा अर्को पक्ष नियमित महाधिवेशन हुनुपर्ने तर निर्वाचन अघि हुन नहुने पक्षमा छन् । केन्द्रिय समितिको बैठकमा संसद पुनःस्थापना, निर्वाचन, विशेष महाधिवेशन लगायत समसामयिक राजनीतिक विषयहरुमा आफ्ना धारणा राख्ने क्रम जारी छ ।