images

मंगलवार, बैशाख १८ गते २०८१

रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

images
images
images
बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

    भैरहवा, २२ चैत ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । बुधबार धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएका छन् । जनतासँग सल्लाह–सुझाव लिएर अघि बढेका छौं । हामीसँग जनताको अपेक्षा धेरै छन् । ’उनले शिक्षा क्षेत्रको विकास बिना समग्र विकास हुन नसक्ने भएकाले शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताए ।

    images

    त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले गाउँपालिकाको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छन् । ती कमीकमजोरीलाई हटाउँदै जानुपर्छ ।’

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सचिव श्री प्रसाद गौतमले विकास योजना जोडतोडका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘कर्मचारी टीमले उच्च मनोबलका साथ काम गरेकोमा धन्यवाद दिन चाहन्छु ।’

    गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले आफूले निर्वाह गर्नुपर्ने कर्तव्य र दायित्वमा ध्यान दिनुपर्ने बताए । 

    रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    १४ औं गाउँसभाले कार्यपालिकाले चालू आर्थिक वर्षमा हालसम्म पारित गरेका कार्यविधि अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८०/०८१ को १३ औं गाउँसभाबाट पारित योजना/कार्यक्रम संशोधन गरी योजना/कार्यक्रम तथा बजेट थपघट एवं रकमान्तर गरी करार कर्मचारी तथा करार शिक्षकहरुको तलब व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले बताए ।

    त्यस्तै गाउँसभाले गत आर्थिक वर्ष तथा दोस्रो चौमासिकको बजेट कार्यान्यवनको प्रगतिको समीक्षा गर्नुको साथै खानेपानी सम्बन्धि ऐन समेत पारित गरेको गौतमले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij