२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

रेडक्रसद्वारा सम्मरीमाईमा रक्तदान, ३० यूनिट रगत संकलन

शनिवार , चैत्र २४, २०८०

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, २४ चैत ।
    नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखा तथा सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार, रक्तदान, जीवनदान’ भन्ने मूल नाराका साथ विश्व स्वास्थ्य दिवसको अवसर पारेर सम्मरीमाई गाउँपलिका–५ स्थित रोइनिहवा सभा हलमा शुक्रबार कार्यक्रम गरिएको रेडक्रस सम्मरीमाई उपशाखाका सभापति केशव उपाध्यायले बताए । सम्मरीमाई गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका वडा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य चौकीहरु त्था गाउँपालिकाको आर्थिक सहयोगमा भएको शिविरमा ३० यूनिट रगत संकलन भएको उपाध्ययाले जानकारी दिए ।

    रुपन्देहीको मर्चवार क्षेत्रमा ३२ युनिट रक्तदान गरिएको छ । रेडक्रास सोसाइटी सम्मरीमाई उपशाखा तथा सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्मपन्न गरिएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले रगतको अभाव हुन नदिन यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताए । उनले भने ‘हामी युवा वर्गले नगरे कसले गर्ने ? आवश्यक परेको बेलामा सबैलाई रगत चाहिएको हुन्छ तर जनचेतनाको अभावले सबैले दिन खोज्दैनन त्यसलाई रक्तदानबारे सबैलाई जनचेतना समेत फैलाउनुपर्छ ।’ खुल्ला रक्तदानले आम नागरिकमा सकारात्मक सन्देश समेत जाने भएकोले रक्तदान कार्यक्रम उपलब्धिमुलक हुने भएको बताए । 

    WhatsApp Image 2024-04-05 at 3.54.32 PM.jpeg

    सम्मरीमाई स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीको सञ्चालनमा भएको उक्त कार्यक्रममा सम्मरीमाई–४ का वडाअध्यक्ष दिवाकर प्रसाद दुबे, ५ का वडाअध्यक्ष श्रवण कुमार यादव, ७ का वडाअध्यक्ष राधेश्याम कुर्मी, गाउँपालिकाका लेखा अधिकृत प्रकाश पौडेल, जनप्रतिनिधि, समाजसेवी तथा कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।