भैरहवा, २२ वैशाख ।
रुपन्देहीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ देवीनगर बस्ने विशाल प्रताप नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।
डीएसपी भट्टका अनुसार रुपन्देही जिल्ला अदालतको मिति २०७१ माघ १० गतेको फैसलाले लागूऔषध मुद्दामा १० हजार रुपैयाँ जरिवाना भएका विशाललाई वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरी टोलीले विशाललाई पक्राउ गरी जरिवाना भुक्तानका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरेको छ ।