
बुधवार , श्रावण २१, २०७७
भैरहवा, २१ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बुधबार नगरका विभिन्न स्थानहरुमा नगरवासीलाई मास्क वितरण गरेको छ ।
नगरका बर्मेलीटोल, देवकोटाचोक, मिलनचोक लगायतका ठाउँहरुमा मास्क वितरण गरेको नगरपालिकाले जनाएको छ ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पछिल्लो समय संक्रमण बढिरहेकोले सचेतना फैलाउने उद्देश्यले मास्क वितरण गरिएको नगरपालिकाले बताएको छ । मास्क वितरण कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिंदै जाने नगरपालिकाले जनाएको छ ।
पछिल्लो समय सिद्धार्थनगरका वडा नम्बर ४, ८ र ९ मा समेत संक्रमित भेटिएपछि नगरपालिकाले थप सर्तकता अपनाएको हो । अवस्था थप जटिल भएमा लकडाउनको समेत निर्णय गर्ने नगरपालिकाका नगरप्रमुख हरि प्रसाद अधिकारीले बताए । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सबै नगरवासीमा नगरपालिकाले आग्रह गरेको छ ।
भिडभाड नगर्न, अत्यावश्यक कामले बाहिर निस्कन परेमा अनिवार्य मास्कको प्रयोग गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ । सामाजिक दुरी कायम राख्न तथा साबुन पानीले हात धुने बानी बसाल्न पनि सबैमा नगरपालिकाले आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij