२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कोशीमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

बिहिवार , बैशाख २७, २०८१

काठमाडौं, २७ बैशाख । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । उनी झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन भएका हुन् । उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

त्यसअघि बिहीबार नै नेकपा एमाले र माओवादी केन्द्रका  प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरिएको थियो भने नयाँ सरकार बनाउन दावी पेश गरेका दलहरुको सनाखत गरिएको थियो । सनाखतपछि कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले जानकारी दिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले वुधवार राति मुख्यमन्त्रीमा दाबी  पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए ।