२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगरद्वारा पानी र भेली वितरण

शुक्रवार , बैशाख २८, २०८१

  • 640
    Shares
  • 640
    Shares
  • भैरहवा, २८ वैशाख ।
    राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले पानी र भेली वितरण गरेको छ । संघको ३५ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि पानी र भेली वितरण गरिएको सिद्धार्थनगर अध्यक्ष प्रविन आचार्यले बताए । उनले गर्मी मौसमलाई सर्वसाधारणलाई केही राहत होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए । ‘मेरो कार्यकालमा यसअघि विभिन्न कार्यक्रम भइसकेका छन् । निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीको कार्यकालमा पनि विभिन्न रचनात्मक कार्य भएका छन् । आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्दै जानेछौं, ’आचार्यले भने । राष्ट्रिय युवा संघले सधै जनताको हितमा काम गर्ने उनको भनाइ थियो । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य श्रद्धा कुवरले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘धेरै सेवाग्राही आउने प्रशासन कार्यालय अगाडि पानी र भेली वितरण राम्रो कार्य हो । युवालाई समेट्ने कार्यक्रमहरु गर्दै जानुपर्छ । राष्ट्रिय युवा संघ सिद्धार्थनगरको राम्रो टीम छ । निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीको कार्यकालमा राम्रा कार्यहरु भएका छन् । ’

    नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले राष्ट्रिय युवा संघ सिद्धार्थनगरले राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले भने, ‘सामाजिक प्राणी भइसकेपछि जनतालाई परेका समस्या समाधान गर्न लाग्नुपर्छ ।’

    IMG_8588.JPG

    राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरका अध्यक्ष प्रविन आचार्यको अध्यक्षता, उपाध्यक्ष मनिषराज पाण्डेको स्वागत तथा सचिव अमित पौडेलको सञ्चालनमा भएको कार्यक्रममा एमाले सिद्धार्थनगर उपाध्यक्ष अर्जुन कुमार गिरी, राष्ट्रिय युवा संघका संघका केन्द्रीय सदस्य शशिकान्त उपाध्याय, संघका लुम्बिनी प्रदेश सदस्य कृष्ण मल्ल ठकुरी, रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेत, कोषाध्यक्ष नारायण थापा, जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज बिशाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य सम्झना के.सी, नगर उपसचिव विक्रम यादवलगायतको उपस्थिति रहेको थियो ।