
शुक्रवार , बैशाख २८, २०८१
भैरहवा, २८ वैशाख ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, रुपन्देहीले कुनै प्रकारको भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न अनुरोध गरेको छ । पार्टीको रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले विज्ञप्ती जारी गर्दै जसपा जिल्ला समिति र यस अन्तर्गतका सम्पूर्ण तह तप्काका पार्टी आबद्ध कार्यकर्ता, जिल्ला अन्तर्गतका सम्पूर्ण जनवर्गीय संगठन एवं शुभचिन्तकहरुलाई यस्तो अनुरोध गरेका छन् ।
‘जसपा, नेपालको वर्तमानमा चलिरहेको घटनाक्रमको विषयलाई लिएर विभिन्न संचार माध्यमहरुबाट प्रेषित विभाजन सम्बन्धि समाचारप्रति यस जसपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको छ, ’विज्ञप्तीमा भनिएको छ ।
हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजन सम्बन्धि अध्यादेश खारेज रहेको अध्यक्ष यादवको भनाइ छ । ‘यस दलका बहुमत केन्द्रीय सदस्यहरु संस्थापन पक्षप्रति नै प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थिति रहेको व्यक्तिहरुबाट निर्वाचन आयोगमा गइ अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको छ, ’विज्ञप्तीमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij