२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

ओमसतियामा १४५ जना बढी नेकपा ओली समूहमा प्रवेश

आइतवार , फाल्गुण ९, २०७७

भैरहवा, ९ फागुन ।
रुपन्देहीको ओमसतिया गाउँपालिकामा १४५ जना बढी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी १४५ जना बढी नेकपामा प्रवेश गरेको ओली समूहका नेता तथा ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले बताए ।

नेकपा ओमसतिया गाउँ कमिटी, रुपन्देहीले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सांसद दधिराम न्यौपाने, हिरा केवट (राहुल) लगायतले पार्टीमा प्रवेश गराए ।

चुमकला बस्यालको अध्यक्षता, जित बहादुर निसादको स्वागत तथा भण्डारी गुप्ताको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेताहरु संजय गुप्ता, बेचन यादव, मान बहादुर चौधरी लगायतले बोलेका थिए ।