
शनिवार , बैशाख २९, २०८१
दाङ। दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको शनिवार दिउँसो हत्या भएको हो ।
हत्या हुनेमा सुर्खेत घरभई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी करिब ४४ बर्षीया संगीता सुनार र रुकुम घरभई सोहि ठाउँ बस्दै आएकी करिब ५० बर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या पाएको खवर प्राप्त गरेपछि प्रहरी घटनास्थल पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताए । उनका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
घट्ना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij