
आइतवार , फाल्गुण ९, २०७७
भैरहवा। नेपाली काग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले वेलहिया नाका सुचारु गर्दै शुरु भएको आनदोलनमा ऐक्यबद्धता जनाएका छन्।
लामो समयसम्म सिमानाका सुचारु हुन नसक्दा बाह्य पर्यटकको अभावमा नेपालको हाटेल तथा पर्यटन व्यपसाय धरासायि अबस्थामा पुगेको भन्दै तत्काल नाका खोल्न सरकारसंग माग गरेका छन्।
नेता खाणले आज आईतबार एक ध्याकर्षण पत्र जारी गर्दै व्यवस्थीत र सुरक्षित तवरले नाका सुचारु गर्न सरकारसंग माग गरेका छन्।
उनले उत्त पत्रमा भनेका छन ‘नोवेल कोरोना भाइरसको महामारीले नेपाली जनताको जीवन स्तरमा गम्भिर प्रभाव पारेको वर्तमान अवस्थामा लामो समय देखिको वन्दावन्दीले नेपालमा उद्योग, कलकारखाना, पर्यटन व्यवसाय, यातायात व्यवसाय र दैनिक ज्यालादारी गरी गुजारा चलाई आईरहेको मजदुर ज्यादै मर्कामा परेका छन्। सिमा नाका संचालनका विषयमा सरकार गम्भीर बनोस्।’
रुपन्देही जिल्लाको सिद्धार्थनगरका उद्योगी तथा पर्यटन व्यवसायीहरुले वेलहिया स्थित नेपाल- भारत सीमा नाकालाई व्यवस्थित र सुरक्षित रुपमा संचालनका लागि गरिरहनु भएको पहल सकारात्मक छ । सिमा नाका संचालनका विषयमा सरकार गम्भीर बनोस् र यथाशिघ्र सिमा नाका सुरक्षित र व्यवस्थित तवरले संचालन गर्न सरकार संग जोडदार माग गर्दै सिद्धार्थनगरका उद्योगी, व्यवसायी, श्रमिक मजदुरहरुले सिमानाका संचालन गर्न गरिएको दबाब कार्यक्रमको समर्थन गर्दछु। उनले ध्यानाकर्षण पत्रमा भनेका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij