
आइतवार , बैशाख ३०, २०८१
भैरहवा, ३० बैशाख । भारी वर्षाका कारण बुटवलका विभिन्न स्थान डुबानमा परेका छन् । बुटवलको अमरपथ संगै हाटबजारलाइन नजिकका रुपन्देही उद्योग संघ, राष्ट्रिय समाचार समितीको कार्यालय र पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि. डुबानमा परेका छन्।
अधिकांश नालीहरु फोहरले पुरिएकाले पनि ठूलो पानी पर्दा ती क्षेत्रहरु डुबानमा परेका हुन् । फोहोरको लेदोसहितको बाढी पसेर विद्यालय डुबानमा परेपछि न्यू होराइजन स्कुलले आज विद्यार्थीहरुलाई बिदा समेत दिएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij