२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशसभाका दुई सांसद अशोक राईको पार्टीमा खुले

आइतवार , बैशाख ३०, २०८१

रुपन्देही, ३० वैशाख । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टी (जसपा) मा खुलेका छन् ।

प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर (यादव) ले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन्। 

WhatsApp Image 2024-05-12 at 4.59.10 PM.jpeg

दुवै जना बाँके क्षेत्र नं २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित हुन्।

लुम्बिनी प्रदेशमा जसपा नेपालका तीन सांसद रहेका थिए । तीन जना मध्ये दुई जना नव गठित जसपामा खुलेको जसपाका नेता मनिकर कार्कीले जानकारी दिए ।

तीनमध्ये अम्बिका काफ्ले अहिलेसम्म उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमै रहेकी छन् । नवगठित जसपाको महासचिवमा लुम्बिनीका मोहम्मद इस्तियाक राई रहेका छन् ।