२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरी सहमति खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

आइतवार , बैशाख ३०, २०८१

काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोहि व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाउन कांग्रेससंग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरे । उनले मंगलबारसम्म संसदको गतिरोध हटाउने बिषयमा सहमति हुने दावी गरे ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले जिबि राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको टिप्पणी गरे । कानूनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको उनले बताए । उनले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको र सोमबार मुख्य सचिवले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बुझाउने जानकारी दिए ।

प्रधानमन्त्रीले प्रचण्डले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामा कुनै समस्या नहुने समेत बताए । त्यस्तै उनले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सवै दलहरुलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफुलाई र आफुले कांग्रेसलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण नभएको धारणा राखे ।