
आइतवार , फाल्गुण ९, २०७७
भैरहवा, ९ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा राप्रपा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ को वडा भेला तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मेघनाथ आचार्यको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यक्रममा लुम्बिनी ट्रक व्यवसायी समितिका अध्यक्ष विष्णु खरेल, लुम्बिनी विकास कोषका पूर्व अधिकृत कपिल भट्टराई, सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का निर्देशक डा. अमित चर्तुवेदी, समाजसेवी कृष्ण प्रसाद शर्मा, मेघराज पन्थी लगायत १५ जना राप्रपामा प्रवेश गरेको पार्टीले जनाएको छ ।
अधिवेशन संयोजक एवं राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, पुर्ण बहादुर वि.क., सुमन राणा, जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, जिल्ला सदस्य नारायण शर्मा, भोला देवान, जिल्ला सचिवालय सदस्य बलराम शर्मा, दिपक पाण्डे, प्रकाश ढाढी, विश्व प्रकाश श्रेष्ठ, युवा नेता विरेन्द्र ज्ञवाली, हरि के.सी. लगायतको उपस्थिति रहेको थियो । पार्टीका युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै राप्रपा रोहिणी गाउँपालिका वडा नम्बर ३ र ४ को संयुक्त भेला तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा नम्बर ३ मा अनिल कुर्मी चौधरी र वडा नम्बर ४ मा समसुद्दिन खानको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
वीर बहादुर क्षेत्री र समसुद्दिन खानको अध्यक्षता, राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमन्त्री निरञ्जन थापा, केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अली, जिल्ला अध्यक्ष सागर प्रताप राणाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै राप्रपा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रकाश परियारको अध्यक्षतामा २५ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा युवा नेता प्रदिप उदयको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij