
बुधवार , श्रावण २१, २०७७
बुटवल, २१ साउन ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवलको कोरोना विशेष अस्पताल धागो कारखानामा विरामीलाई औषधी पु¥याउन सिस्टर रोबोट प्रयोग गरिने भएको छ ।
त्यसका लागि युएनडिपीले रोबोट उपलब्ध गराएको छ । युएनडिपीका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण खनालले रोबोट बुधबार अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई हस्तान्तरण गरे ।
कोरोनाका लक्षण देखिएका तथा सिकिस्त भएका र आइसीयुमा राख्नुपर्ने बिरामी यस अस्पतालमा छन् । संक्रमितसंग हेलमेल भइ राख्नुपर्ने नर्सको सुविधा र उनीहरुलाई संक्रमणबाट जोगाउन रोबोट उपलब्ध गराएको युएनडिपीका प्रदेश संयोजक सुदिप अर्यालले बताए।
दुई लाख लागतको रोबोट रोबिक एसोसिएसन नेपालले तयार गरेको हो । एसोसिएसनका अध्या विकास गुरुङका अनुसार रिमोटको कन्ट्रोलबाट चल्ने रोबोटले औषधी, खानेकुरा, लुगा बिरामीसम्म पुर्याउन सक्छ ।
रोबोटमा भिडियोबाट ५ सय मिटर परसम्मको भिडियो लिन सकिन्छ । भिडियो क्यामेराका माध्यमबाट बिरामीसग लाइभ हेर्न सकिन्छ । ट्याब्लेट प्रयोग गरिएकाले नर्स र बिरामीबीच कुरा गर्न सकिन्छ । बिरामीको नर्सले बिरामीलाई गर्ने हेरचाह रोबोटले गर्ने भएकाले त्यसको नाम सिष्टर रोबोट नाम राखिएको हो । युएनडिपीले काठमाडौंको टेकु अस्पतालमा पनि सिष्टर रोबोट उपलब्ध गराएको छ ।
कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले सिष्टर रोबोटले नर्सहरुलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन सहयोग पुग्ने बताए । केही व्यवस्थापनका काम गरेर रोबोट प्रयोगमा ल्याउने उनले जनाकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij