२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गिरीबन्धु टी–स्टेटको जग्गा एमाले नेतृत्वको सरकारले बिक्री गरेको हो : सभापति देउवा

बिहिवार , जेठ ३, २०८१

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री गर्ने एमाले नेतृत्वको सरकारले गरेको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले सरकारले गरेपनि अहिले केपी ओलीले कांग्रेसलाई दोष लगाइएको बताउएका हुन् । उनले ओली जस्तो नेताले झुट कुरा गर्न नसुहाउने टिप्पणी गरे । आफुले गरेको कुरालाइ स्वीकार गर्न उहाले ओलीलाइ सुझाव दिए ।

त्यस्तै कांगेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीले पदमा रहेर आफुमाथिको प्रमाण नष्ट गर्न खोजेको आरोप लगाए । कांग्रेसले जनताले उठाएका कुरालाई संसदमार्फत स्पष्ट राखेको उनको भनाइ छ । उनले राजाको धम्कीले नडराएको कांग्रेस अहिले कुनै दलको धम्कीबाट नडराउने स्पष्ट पारे ।

त्यस्तै उनले अहिले पनि केपी ओली संसद विघटन गरेको पुष्टि गर्नलाई उद्दत रहेको समेत आरोप लगाए  । कोइरालाले सत्ताको खेलका कारण जसपा नेपाल पार्टी फुटाइएको जिकिर गरे ।