२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

दासढुंगा घटनाको बारेमा गम्भीर खोजि गर्नुपर्छ : अध्यक्ष नेपाल

बिहिवार , जेठ ३, २०८१

काठमाडौं, ३ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका बारेमा गम्भीर खोजि गर्नुपर्ने बताएका छन् ।

मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले मदन भण्डारीको हत्या गर्ने गरि भएको दासढुंगा दुर्घटनामा बिषयमा गम्भीर खोजी गर्नुपर्ने बताएका हुन् । दासढुंगा दुर्घटनापछि पद्मरत्न तुलाधरको संयोजकत्वमा छानविन कमिटी र त्यसपछि केपी ओलीको नेतृत्वमा छानविन समिति बनेपछि ठोस निचोड आउन नसकेको उनको भनाइ छ । नेपालले दासढुंगा दुर्घटनाको साक्षी अमर लामाको पनि हत्या भएपनि उक्त घटना थप रहस्यमय बनेको बताए ।

उनले दासढुंगा दुर्घटनाको छानविनमा सवैले सहयोग गर्नुपर्ने आवश्यक रहेको जिकिर गरे ।