२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेस सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित

बिहिवार , जेठ ३, २०८१

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित भएको छ ।

बिहीबार बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रमका बिषयमा राष्ट्रपतिलाई धन्यवाद दिने महत्वपूर्ण कार्यसूची रहेकाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए ।

तर कांग्रेस सांसदहरुले सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका थिए । कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष दाहालले जेठ चार गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।