२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकार बदल्ने कोशिष माकुरोको जालो जस्तो च्यातियो : विष्णु पौडेल

सोमवार , जेठ ७, २०८१

काठमाडौं, ७ जेठ ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सरकार परिवर्तनको खेल असफल भएपछि त्यसको असर संसदमा देखिएको बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको विश्वासको मतमाथिको छलफलका क्रममा पौडेलले पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने र सरकार बदल्ने कोशिष माकुरोको जालो जस्तो च्यातिएको भन्दै त्यसको असर संसदमा देखिएको बताए ।

प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत लिन नदिएर कांग्रेसले कस्तो लोकतान्त्रिक अभ्यास गरेको हो भन्ने प्रश्न गर्दै सदनमा बचपना नदेखाउन कांग्रेसलाई सुझाव दिए । पौडेलले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकारले सबै समस्या समाधान गर्दै मुलुकमा सुशासन कायम हुन्छ भन्ने विश्वास जनतामा जाग्न सुरु भएको धारणा राखे । उनले अहिले मुलुकमा विकासले स्पष्ट दिशा तय गरेको जिकिर गरे । उनले सहज रुपमा संसदको क्रियाकलाप अघि बढाउने वातावरण बनाउन आग्रह समेत गरे ।