२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेसको टिप्पणी : सरकारको गतिविधि संसदीय इतिहासमै अनौठो नजिर

सोमवार , जेठ ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसले विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि संसदीय इतिहासमा अनौठो नजिर स्थापित गरेको टिप्पणी गरेको छ ।

प्रतिनिधिसभाको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणमा भएका दलहरूले संविधानलाई कमजोर पार्ने क्रियाकलाप गरिरहेको आरोप लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने कुनै कारण थिएन । आजै उहाँले लिने निर्णय गर्नुभयो । विपक्ष आफ्नो कुरा राख्दै आएको बेलमा अहिलेसम्म विश्वासको मत लिएको अवस्था छैन । यो संसदीय इतिहासमा अनौठो नजिर स्थापित गर्नुभएको छ । हामीले ल्याएको संविधानको खिलाफमा गठबन्धन दलहरू लागेका छन् ।’

उनले प्रधानमन्त्रीले संसदमा आपत्तिजनक भाषाको प्रयोग गरेको बताए । उनले सत्ता समीकरणले लोकतन्त्र र संविधानलाई खतरामा पार्ने काम भइरहेको आरोप लगाए ।