
सोमवार , जेठ ७, २०८१
काठमाडौं, ७ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा संबोधन गर्ने क्रममा आफुले कसैलाई आरोप वा धम्की नदिएको बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले संसदमा बोल्ने क्रममा आफुले सहकारीमा आफुजस्तै अरु प्रकरणमा अरुको नाम पनि सञ्चारमाध्यममा आएको दृष्टान्त दिएको प्रष्टिकरण गरे । छापामा आएकै भरमा आफुमाथि छानविन गर्ने हो भने अरुमाथि पनि छानविन गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनको भनाइ छ । लामिछानेले गिरिबन्दु प्रकरणमा छानविन गर्नुपर्ने र दोषीलाई कारवाही गर्न आफु तयार रहेको बताए । उनले सहकारी प्रकरणमा समिति बनाउनका लागि कार्यदल नै बनाइसकेको अवस्थामा अहिले कांग्रेस नै तयार नदेखिएको जिकिर गरे । सहकारी पिडितलाई न्याय दिने गरि सरकारले काम गर्ने उनको भनाइ छ ।
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले गरेको अवरोध लोकतन्त्रको भद्दा मजाक भएको टिप्पणी गरे । विश्वासको मत कहिले लिने भन्ने अधिकार प्रधानमन्त्रीको भएको उनले बताउ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij