
सोमवार , जेठ ७, २०८१
काठमाडौं, ७ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको कामकारवाहीलाई बाधा पुराएको आरोप लगाएका छन् ।
संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गिरीले प्रतिपक्षीको मागलाई ध्यानमा राखेर संसदीय छानविन समिति बनाउन सहमति भइसकेको अवस्थामा एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको कामकारवाहीलाई बाधा पुराएको आरोप लगाएका हुन् ।
संविधान अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिदा कांग्रेसले गरेको अवरोध गैरलोकतन्त्रीक र असंवैधानीक रहेको उनको भनाइ छ । उहाले समिति बनाउन कार्यदलले सहमति खोज्ने प्रयास गर्दा कांग्रेसले सदन अवरोध गर्न नहुने धारणा राखे ।
उनले कांग्रेसले गरेको निर्णय त्रुटीपूर्ण रहेको र यसलाई सच्चाउनुपर्ने जिकिर गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij