२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

सभामुखको भूमिका पदीय गरिमा अनुकुल भएन : कांग्रेस

सोमवार , जेठ ७, २०८१

  • 778
    Shares
  • 778
    Shares
  • काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको भूमिका पदीय गरिमा अनुकुल नभएको ठहर गरेको छ ।

    सोमबार संसद भवनमा पत्रकार सम्मेलन गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले संघीय संसदको सभामुख जस्तो गरिमामय पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्य मान्यतालाई कुठाराघात गर्ने बताए । उनले संसदीय छानविन समिति गठन गर्नुको साटो पर्याप्त समय हुँदाहुँदै बलमिच्याई गरी विश्वासको मत लिने काम भएको पार्टीको निष्कर्ष रहेको जानकारी दिए । लेखकले सोमबारको बैठकमा पनि प्रमुख विपक्षी दलले पटकपटक बोल्न समय माग गर्दा पनि बोल्न नदिने कार्य भएको बताए । संसदीय परम्पराको मान्यता र मर्यादा विपरित सत्तापक्षले बहुमतको दम्भ देखाएको संसदको दृश्यले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको पुनर्पुष्टि भएको उनले बताए ।

    त्यस्ते उनले शान्ति प्रक्रियामा ल्याएर राजनीतिक दलमा स्थापित गराउने कांग्रेसको भूमिकालाई नविर्सन प्रधानमन्त्रीलाई सुझाव दिए । उनले कसैले धम्काएर तर्सिने पार्टी कांग्रेस नभएको जिकिर गरे । मुख्य सचेतक लेखकले संसदमा कांग्रेसमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई चूनौति दिए । आरोप प्रमाणित गर्न नसके आउँदा दिनमा त्यसको परिणाम गृहमन्त्रीले नै भोग्नुपर्ने उनको भनाइ छ ।

    उहाले आफुमाथि लागेको आरोपबाट पन्छिन गृहमन्त्रीले कांग्रेसमाथि लाञ्छना लगाएको पनि बताए । लेखकले नेपाल सरकार र सत्तापक्ष गठबन्धन सहकारीका केही ठगहरुलाई बचाउन संसदीय मूल्य, मान्यता र परम्परा कमजोर गर्न उद्दत भएको पार्टीको ठहर रहेको जानकारी दिए ।