२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चुनावमा देखिन्छ : प्रधानमन्त्री प्रचण्ड

सोमवार , जेठ ७, २०८१

  • 946
    Shares
  • 946
    Shares
  • काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चूनावमा देखिने टिप्पणी गरेका छन् ।

    सोमबार संसद भवनमा कांग्रेसले कस्तो मूल्य चूकाउनुपर्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले यो अव आउने चूनावमा देखिने प्रतिक्रिया दिए ।

    पटक पटक विश्वासको मत लिने अवस्थाका बिषयमा प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले नेपालमा मात्रै नभइ विश्वमा पनि पटक पटक विश्वासको मत लिनुपर्ने घटना भएको भन्दै जरुरी परे १०–१२ वटा विश्वासको मत लिने जिकिर गरे ।

    प्रधानमन्त्री प्रचण्डले सोमबार चौथौपटक विश्वासको मत प्राप्त गरेका थिए ।