
मंगलवार , जेठ ८, २०८१
काठमाडौं, ८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको ध्यान सत्तामा भन्दा अन्त केन्द्रीत हुन नसकेको बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले कांग्रेस सत्ता स्वार्थमा मात्र लागेको र लोकतान्त्रिक मुल्य मान्यतामा अडिग नहुँदा तत्कालै सहकार्य हुन सक्ने स्थिति नदेखिएको बताए । अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफुलाई सम्हाल्न सक्नुपर्ने बताउदै संसदमा रहेको गतिरोध बीच नै बजेट पारित हुन सक्ने धारणा राखे ।
अगाडीका बर्षहरुमा पनि विरोधकाबीच बजेट ल्याइएको भन्दै अव पनि विरोधकैबीच बजेट आउने उनको भनाइ छ । अध्यक्ष ओलीले बैशाख ५ गते बेलुका भएको सहमति अनुसार अघि बढ्न सके संसदीय छानविन समिति बन्न सक्ने धारणा राखे ।
मुलुकमा लोकतान्त्रिक मुल्य मान्यता र सुशासन कायम गरी विकासको बाटोमा मुलुकलाई अगाडि बढाउन सहमति र सहकार्यमा एमाले जुटेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij