२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमामा पाठेघर स्क्रिनिङ तथा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

बुधवार , जेठ ९, २०८१

बुटवल, ९ जेठ । 
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले महिलाहरुको पाठेघर सम्बन्धी जाँच (भिआईए परीक्षण) तथा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । कार्यक्रम नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा नीति तथा कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट सञ्चालन गरिएको हो । 

जेठ २ गतेदेखि आनन्दवनमा शुभारम्भ भएको कार्यक्रममा शहरी स्वास्थ्य संस्था ४ र शंकरनगर स्वास्थ्य चौकीमा कार्यक्रम सञ्चालन भएको थियो । शंकरनगर स्वास्थ्य चौकीमा भएको कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले तिलोत्तमाका महिलाहरुको स्वास्थ्य जाँचमा नगरपालिका पहिला पनि ध्यानमा राखेर स्वास्थ्य सम्बन्धी धेरै कार्यक्रम सञ्चालन गरेको बताए । 

साथै महिलाहरुको पाठेघरमा देखिएको क्यान्सरका जाँच समयमै परीक्षण गरे समयमै उपचार हुने र आर्थिक भार पनि कम हुने बताए । जेठ २ गतेदेखि सुरु भएको कार्यक्रममा वडा नम्बर ४, ६, २ मा ९ सय ४ जनाको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले बताए । जसमध्ये ७०३ जनामा भिआईए नेगेटिभ देखिएको शाखा प्रमुख पौडेलले बताए ।

fba2d241-2bca-4c09-a933-133941d64036.jpeg