
बुधवार , श्रावण २१, २०७७
बुटवल, २१ साउन ।
द डाइनामिक ग्रुप बुटवलले आफ्नो पहिलो चाटर्ड-डे तथा इन्स्टलेशन कार्यक्रम सम्पन्न गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी नयाँ सदस्य थप साथै आवद्ध सबै सदस्यलाई स्वागत गरिएको हो ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउन पोलियो चेयर पर्शन तथा रुपन्देही फ्याक्सन इञ्चार्ज राजेन्द्र ढकालको प्रमुख आथित्यता, प्रदेश नम्बर ५ का चिकित्सा प्रतिनिधि दिवाकर पौडेलको विशिष्ट आतिथ्यता, जीवन शर्मा, माधव अर्याल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति ढकालले गु्रप स्थापनाले आफुलाई निक्कै खुशी लागेको र ग्रुपमा आवद्ध सबै सदस्यलाई बधाई दिदै उज्ज्वल भविष्यको लागि शुभकाना व्यक्त गरे । उनले आगामी दिनमा सामाजिक कार्यमा फरक ढंगले प्रस्तुत हुँदै थप रचनात्मक कार्यहरुका साथै व्यक्तित्व विकास, लाइफ चेन्जिङ्ग लगायतका कार्यक्रम गर्दै समाजमा छुट्टै पहिचान बनाउन सक्ने ग्रुपको रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका थिए ।
वर्तमान अवस्थामा चलिरहेका विभिन्न ग्रुप तथा क्लबहरुले गर्ने कार्यक्रमको शैली एउटै भएको हुँदा त्यो शैलीलाई बदल्दै फरक खालको कार्यक्रमहरु गर्नको लागि ग्रुपलाई सुझाव दिए । कुनै समस्या परेको खण्डमा आफुले अभिभावकको भूमिका निर्वाह गर्न तयार रहेको बताउदै आगामी दिनमा नेपाल सरकारसंग मिलेर कुनै कार्यक्रम गर्नुपरेमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।
त्यसै गरी विशिष्ट अथिति दिवाकर पौडेल लगायत सबै अतिथिले गु्रप स्थापना भएकोमा बधाई दिंदै आगामी दिनमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए ।
पहिलो चरणमा डाइनामिक गु्रपका अध्यक्ष सौरभ रेग्मी, प्रबन्ध निर्देशक श्रेर्यन आचार्य, पब्लिक रिलेसन म्यानेजर गणेश बस्याल र निर्देशक परिवेश जि.सी. ले स्थापना गरेको ग्रुपमा हाल २१ सदस्य थप पश्चात सदस्य सङ्ख्या २५ पुगेको छ ।
प्रबन्ध निर्देशक श्रेर्यन आचार्यले आगामी एक वर्षमा सदस्य संख्या बढाइ १५० भन्दा बढी पुर्याउने र सामाजिक क्षेत्रमा क्रियाशिल भई विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रम ग्रुपका अध्यक्ष सौरभ रेग्मीको सभापतित्व तथा सुवेक्षा पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij