२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

राप्रपा ओमसतिया–५ को भेला तथा अधिवेशन

मंगलवार , फाल्गुण ११, २०७७

  • 6.9K
    Shares
  • 6.9K
    Shares
  • भैरहवा, ११ फागुन । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ओमसतिया गाउँपालिका वडा नम्बर ५ को भेला तथा अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनले मुनिराम थारुको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    ओमसतिया गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष ओमप्रकाश कुर्मीको अध्यक्षता, राप्रपा वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अलि, केन्द्रीय सदस्य तोयानाथ लम्साल, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, नेतृ घ्यु कुमारी बस्नेत, रोेहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, अर्जुन थापा, बिर बहादुर क्षेत्री, सब्बिर अलि, मोबीन आलम, शंकर खत्री, शंकर न्यौपाने, उमा राना, नाजिर अलि, संजय चौधरी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसअघि सोमबार राप्रपा ओमसतिया–१ को भेला तथा अधिवेशन सम्पन्न भएको पार्टीले जनाएको छ ।