
बुधवार , फाल्गुण १२, २०७७
काठमाडौं, १२ फागुन।
केही समययता सुनको मुल्यमा भारी उतार चढाव आएको छ। स्थानीय बजारमा आज बुधबार सुनको मूल्य तोलामा ३०० ले ओरालो लागेको छ। तोलामा नै १ हजार १००ले हिजो मङ्गलबार उकालो लागेको सुनको मुल्य आज भने झिनो अङ्कका साथ ओरालो लागेको हा ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ८९ हजार ८ सयमा कारोवार हुनेगरी आजका लागि मूल्य निर्धारण भएको छ। छापावाला सुन मङ्गलबार तोलामा ९० हजार १ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको थियो। सुनको मुल्य अझै घट्ने संभावना रहेको छ।
यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३ सय ५० मा कारोवार हुनेगरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा ८९ हजार ६ सय ५०मा कारोवार भएको थियो ।
यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेको छ। एक हजार ३ सय ६०मा मङ्गलबार कारोवार भएको चाँदी आज भने १ हजार ३ सय ४५ मूल्य निर्धारण भएको छ।।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij