२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देश सपार्नका लागि एमालेले विभिन्न जनसंगठनमार्फत योगदान दिइरहेको छ : ओली

आइतवार , जेठ २७, २०८१

काठमाडौं, २७ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सपार्नका लागि एमालेले विभिन्न जनसंगठनमार्फत योगदान दिइरहेको बताएका छन् । एमाले जनसंगठन समन्वय संयन्त्रले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले देश सपार्नका लागि विभिन्न ढंगले विभिन्न संगठनमार्पmत योगदान दिइरहेको र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 
उनले एमालेका संगठनलाई देश र जनताप्रति थप उत्तरदायी बनाउँदै लैजाने धारणा राखे । उनले स्वयंसेवाले मानिसको मनमस्तिष्कलाई परित्र बनाउने काम गर्ने बताए । अध्यक्ष ओलीले तत्कालिन अवस्थामा एमालेको युवा दस्ता युथ फोर्सले आतंकको साम्राज्यलाई समाप्त पार्ने काम गरेको र शान्ति स्थापनामा पनि युथ फोर्सको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

कार्यक्रममा हालै काठमााडैंमा सम्पन्न राष्ट्रिय महिला भेलामा सहभागी स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कलाकारहरुलाई सम्मान गरिएको थियो ।