
सोमवार , जेठ २८, २०८१
रुपन्देही, २८ जेठ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को एकताको प्रथम राष्ट्रिय महाधिवेशन सोमबार (आज) देखि मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरु हुँदैछ । महाधिवेशनका लागि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा विशाल पण्डाल निर्माण गरिएको छ । आज दिउँसो १ बजे महाधिवेशन उद्घाटन समारोह राखिएको छ । १ हजार ३ सय भन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जसपा नेपालले जनाएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताको सहभागीता रहनेछ । महाधिवेशन जेठ ३० गतेसम्म चल्नेछ ।
अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ । अध्यक्षबाहेक सह–अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij