२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

नेपाली सेनाले भन्यो सुक्ष्म आंकलन गर्दैछौं 

बुधवार , फाल्गुण १२, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • काठमाडौं, १२ फागुन।

    सर्वोच्च अदालतबाट विघटित प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय भएसँगै उत्पन्न हुनसक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आंकलन गरिरहेको नेपाली सेनाले जनाएको छ।

    ईतिहासमा देश र जनताप्रति सँधै बफादार रहेको नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध रहेको स्पष्ट गरेको छ। 

    नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले देशमा विकसित जुनसुकै परिस्थितिबाट उत्पन्न हुनसक्ने कुनै पनि घटनाक्रममा सुरक्षा परिस्थिति र अवस्थाबारे सुक्ष्म आंकलन गर्ने आफ्नो नियमित प्रक्रिया भित्रै पर्ने बताएका छन्। 

    नेपाली सेनाको नियमित प्रकृया अन्तर्गत त्यो भइरहेको प्रबक्ता पौडेलले बताएका छन्। प्रबक्ता पौडेलले विकसित अवस्थाबाट कुनै सुरक्षा परिस्थिति उत्पन्न हुन सक्छन् कि भनी आँकलन गर्ने, अनुगमन गर्ने, अन्य निकायसँग सूचना आदान प्रदान गर्ने विगतदेखि नै भइरहेको पनि जानकारी दिएका छन्। 

    नेपाली सेनाको मुख्य सरोकारको विषय भनेको उत्पन्न हुन सक्ने सुरक्षा परिस्थिति नै भएको बताउँदै प्रवक्ता पौडेलले यस विषयमा अन्य सुरक्षा निकायसँग समन्वय र सम्पर्कमा निरन्तर रहने बताए। 

    देशमा शान्ति सुरक्षा कायम गर्नेबारे सेनाले अरु सुरक्षा निकाय र स्थानीय प्रशासनलाई सहयोग गर्नुपर्ने अवस्था आइपरेको खण्डमा के कस्तो सहयोग गर्ने भन्ने विषयमा पूर्वतयारीको अवस्थामा रहेको जानकारी समेत प्रबक्ता पौडेलले दिएका छन्।