२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

१९ औं स्थापना दिवसमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीद्वारा विभिन्न कार्यक्रम

सोमवार , जेठ २८, २०८१

भैरहवा, २८ जेठ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीको आफ्नो १९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । महासंघले स्थापना दिवसको अवसरमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको थियो ।

त्यस्तै महासंघले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.ईन्द्र ढकाललाई स्वागत, नेकपा एमाले रुपन्देहीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, सदस्यहरु सुनिल श्रेष्ठ र मेघदेव पन्तलाई सम्मान गर्नुका साथै राष्ट्रिय चिकित्सक संघ नेपाल रुपन्देही गठन लगायतका कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले रुपन्देहीका अध्यक्ष गैरेले स्वास्थ्यकर्मीको भूमिका मानिसको जीवनसँग जोडिएकाले स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्ने बताए । उनले देशको आर्थिक स्थिति अनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले सेवा प्रदान गर्न खटिरहेकाले हरेक नागरिकले उनीहरुको समेत पीडा बुझेर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउंदै अघि बढ्न स्वास्थ्यकर्मीले नै सघाउने भएकाले उनीहरुको क्षमता विकासमा राज्यले ध्यान दिनुपर्ने उनले बताए ।

IMG-20240609-WA0027.jpg

कार्यक्रममा डा. विनिता भट्टराईको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय चिकित्सक संघ नेपाल रुपन्देही समेत गठन भएको छ । जसको उपाध्यक्षमा डा.सुरेश अधिकारी, सचिवमा डा. आरिफ हुसेन र कोषाध्यक्षमा डा. प्रसुमा मल्ल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा डा. प्रकाश तिमिल्सेना, डा. सवाज खान र डा.असिम रेग्मी चयन भएको स्वास्थ्यकर्मी महासंघ नेपाल रुपन्देहीका अध्यक्ष रामेश्वर ढकालले जानकारी दिए ।