
मंगलवार , जेठ २९, २०८१
काठमाडौं २९ जेठ। नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्नेबारेमा सोच्ने बेला भएको बताए ।
मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले लोकतान्त्रिक संघीय गणतन्त्र ल्याएको तर बजेटको अधिकतम हिस्सा त्यसैको पालन पोषणमा लगाएर देश विकासलाई पछाडि धकेलेको बताए । उनले एक पटक सर्वदलीय सरकारको गठन गरेर संविधान संशोधन गर्न आवश्यक रहेको बताए । मिसन ०८४ भनेको उमेर पुगेका मान्छेलाई रिटायर गर्ने कुरा जस्तो लागेको बताए ।
सांसद मिश्रले ठूला नेताहरुको क्षेत्रमा बजेट विनियोजन भएको भन्दै आपत्ति जनाए। उनले नेपाल वायुसेवा निगम पब्लिक प्राइभेटमा लैजान जरुरी रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij