२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

बुटवलमा सवारी दुर्घटनामा परि बाबुराम पन्थीको मृत्यू

बुधवार , फाल्गुण १२, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल, १२ फागुन।

    बुटवल उपमहानगरपालिका वडा नम्बर १२ जीतगढीमा भएको सवारी दुर्घटनामा परि बुटवलका बाबुराम पन्थीको निधन भएको छ। पुर्वपश्चिम महेन्द्र राजमार्गमा पुर्वतर्फबाट आईरहेको लु. १ ज. ९०५० नम्बरको पिकअप जीपले बिपरित दिशाबाट बुटवलतर्फ आईरहेको लु.४६ प.८१७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा पन्थीको निधन भएको हो। 

    गुल्मी जिल्ला रुरु गाउपालिका वडा नम्बर ७ घर भै हाल बुटवल निवासी बर्ष ५६ का पन्थीलाई जीपले ठक्कर दिएपछि सख्त घाईते अवस्थामा तत्काल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुराइएको र पन्थीको अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा संलग्न जीप र चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।