२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमालेलाई निर्णायक तहमा पुग्न नदिन अनर्गल प्रचार गरियो : ओली

बिहिवार , जेठ ३१, २०८१

काठमाडौं, ३१ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मित्था अनर्गल प्रचार गरिएको बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र बितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मित्था अनर्गल प्रचार गरिएको बताए ।

गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानून बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए ।

अध्यक्ष ओलीले कांग्रेस वर्षौसम्म सरकारको नेतृत्व गरेर बसे पनि सिन्को भाच्न नसकेको उल्लेख गरे ।

ओलीले देशलाई विकास गर्नका लागि एमालेलाई स्पष्ट बहुमत चाहिएको भन्दै मिशन ८४ मा केन्द्रीत हुन निर्देशन दिनुभयो । ओलीले पार्टीभित्रको एकताकै कारण एमाले सिद्धाउँछौ भन्नेहरु असफल भएको जिकिर गरे । उनले पार्टीभित्र अन्तरसंघर्ष नभई अन्तरसम्वादका माध्यमबाट अघि बढ्नुपर्ने धारणा राखे ।