
शुक्रवार , आषाढ १, २०८१
काठमाडौं, ३२ जेठ । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले प्राकृतिक विपत्तिबाट बच्नका लागि एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले पहाडी र हिमाली जिल्लाहरु प्राकृतिक विपत्तिको उच्च जोखिममा भएको भन्दै सुरक्षाका लागि एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । उनले विपद् प्राधिकरणलाई स्रोत, साधन र जनशक्तिको अभाव हुन दिनु नहुने पनि बताए । उनले दुर्गम पहाडी जिल्लाहरुमा विपद्का घटना घट्दा समयमै उद्धार गर्नसक्ने अवस्था नभएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभा सदस्य विजुला रायमाझीले गृहमन्त्री र कानूनमन्त्रीलाई देशमा छोरीहरु कसरी सुरक्षित हुन सक्छन् ? भनेर प्रश्न गरे । उनले छोरीहरु समाजमा जताततै असुरक्षित रहेका भन्दै छोरीको बारेमा आवाज उठाउने अभियन्ताहरु पनि राज्यबाट असुरक्षित भए के गर्ने ? भनेर प्रश्न गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij