२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो : सांसद राणा

शुक्रवार , आषाढ १, २०८१

काठमाडाैं, ३२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जंगबहादुर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा डाकाको जस्तो व्यवहार गरिएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतीय पर्यटकहरु भूमार्ग हुँदै नेपालमा आउँदा डाँकाको जस्तो व्यवहार गरिएको बताएका हुन् । उनले भारतीय पर्यटकहरुलाई कडाइपूर्वक चेकिङ गरिने गरेको बताए । उनले पर्यटकहरुलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भारतीय नोट हजार र पाँच सयको ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुव्र्यवहार गर्ने गरेको भन्दै त्यस्तो नहुने व्यवस्था मिलाउन प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई आग्रह गरे ।

उनले नजिकैको पर्यटकहरुलाई वेवास्ता गर्नु नहुनेमा जोड दिए ।