
शुक्रवार , आषाढ १, २०८१
जनकपुर, ३२ जेठ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन् । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थीरताका दौडमा राज्यको प्रयोग वा अन्यबाट आफ्नो पार्टी फुटाइएको बताए । उनले सत्ता टिकाउन आफूले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्रीले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको धारणा राखे ।
यादवले महाधिवेशनले पार्टीप्रतिको जनसमर्थन देखाइसकेको भन्दै पार्टी फुटले कुनै असर नपर्ने उल्लेख गरे । नेपालको इतिहासमा मधेशका शक्तिहरु तरवारको धारबाट हिडिरहेको र यसका विरुद्ध हमेशा षडयन्त्र हुँदै आएको उनले बताए । पूर्व उपप्रधानमन्त्री यादवले कुनै पनि पार्टी गैर मुद्दा, गैरसैद्वान्तिक आधारमा फुट्नु दुभाग्र्यपूर्ण घटना भएको उल्लेख गरे ।
उनले राजनीतिक बाटोमा हिड्दै जाँदा आएराम, गएराम, पल्टुराम भेट्दै जानु स्वभाविक रहेको बताए । यादवले पार्टीको महाधिवेशनले एकताको सन्देश दिन सफल भएको पनि बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij