
शनिवार , आषाढ २, २०८१
काठमाडौं, १ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका लागि अहिले सहज अवस्था सिर्जना हुँदै गएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा लिङ्देनले पुराना दल र मुलुकको व्यवस्थाप्रति जनताको निराशा बढ्दै गएको भन्दै पार्टीका लागि सहज अवस्था सिर्जना हुँदै गएको बताए । उनले राप्रपाको आवश्यकतालाई मध्यनजर गर्दै त्यहीअनुसार तयारी गरी जनताको मत जित्न सके चुनाव जित्न कुनै कठिनाई नहुने जिकिर गरे ।
लिङ्देनले सही उम्मेदवार सही हिसाबले उठाउने हो भने जनताले विश्वास गर्ने र चुनाव जित्ने सम्भावना देशैभर रहेको उनले दावी गरे ।
उनले पार्टीभित्रकै नेताहरुले पार्टीविरुद्ध भ्रम छर्ने, विवाद ल्याउने काम गरेकोे भन्दै कारवाही गर्ने चेतावनी दिए । जनताको आशा र भरोषाको एकमात्रै पार्टी राप्रपा भएकाले पार्टीलाई बलियो बनाउनका लागि भूमिका खेल्न उनले निर्देशन दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij