२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

अर्थमन्त्रीले केही व्यापारीको इन्ट्रेस्टमा बजेट बनाए : डा अमरेशकुमार सिंह

आइतवार , आषाढ ३, २०८१

  • 679
    Shares
  • 679
    Shares
  • काठमाडौं, २ असार । प्रतिनिधि सभाका सांसद डा। अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरुको इन्ट्रेस्टमा बनाएको आरोप लगाएका छन।

    नेकपा माओवादी केन्द्रका ३२ जना सांसदलाई लक्षित गरेको सो बजेट अर्थमन्त्री पुनले केही व्यापारीहरुको इन्ट्रेस्टमा बनाएको उनको भनाई थियो ।

    आईतवार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै सांसद सिंहले माआवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै सरकारले बजेट विनियोजन गरेको जिकिर पनि गरे ।

    उनले बजेट जसरी विनियोजन गरेपनि मन्त्रीहरुलाई कानून नलाग्ने छुट संविधानले नै दिएको दाबी समेत गरे । 
    सांसद सिंहले भने, ‘नियम, कानून मन्त्रीलाई लाग्दैन ।

    उनले जति बजेट आफ्नो क्षेत्रमा लगेपनि, जे गरेपनि, जति घुस खाएपनि क्षम्य छ । यो बजेट केही व्यापारीले बनाएको छ अर्थमन्त्रीजीेको इन्टे«ष्टमा । यो बजेट माओवादी पार्टीको सिंगल ३२ जना सांसदको लागि मात्रै बनेको छ । यो २७५ जनाको यो बजट बन्छ बन्नु दिवास्वप्न हो । किनकी माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ ।

    त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ । हामी जस्ता निर्धा सांसदलाई उनिहरुले देख्नु हुन्न ।’ सांसद सिंहले अर्थमन्त्री पुनले बजेट विनियोजनको क्रममा निर्धा सांसदहरुलाई बेवास्ता गरेको गुनासो समेत गरे।