२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यकः अध्यक्ष लिङदेन

आइतवार , आषाढ ३, २०८१

  • 670
    Shares
  • 670
    Shares
  • काठमाडौं, २ असार ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन ।


    आईतवारको प्रतिनिधि सभाको बेठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुहुँदै उनले यस्तो बताएका हुन। उनले अर्थमन्त्री र मन्त्रीहरुले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको बताए। उनले मन्त्री भएर बजेट छुट्याउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरु चुकेको बताए। उनले उर्जा क्षेत्रले नेपालको भविष्य बदल्नसक्ने भएकाले सामान्य हिसावले खर्च भाग लगाएर र नियमति कार्यक्रमले मात्रै उपलब्धि हाँसिल गर्न नसकिने बताए । उनले उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको बताए। उनले बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरु बजेटमाथिको छलफलमा भाग लिइरहेको बताए । 


    उनले भने, ‘बजेट कुन प्रकारले बन्यो, अहिले पूरै हाउस बोलिराखेको छ । कुन प्रकारको पूर्वाग्रह प्रयोग गरियो, अर्थमन्त्रीजीले, मन्त्रीजीहरुले जनताका प्रतिनिधिहरुलाई जसरी पनि छलफलका क्रममा अवरोध नआओस् भनेर खुशी पार्न सूचिहरु माग्नुभयो, उभ्याउनु भयो । र अहिले प्रिन्ट गर्ने बेलामा केके भयो भन्ने कुरा सबै सार्वजनिक भइसकेको छ । तपाईंहरुले मौका पाउनु भयो । मौका पाएको बेलामा यो चाहीँ हामी फेरि तल आउनुपर्छ, हामी कहिले कहीँ पद भन्दा बाहिर हुनुपर्छ भन्नेकुरा बिर्सिएर मौका यही हो र सधैँभर भइन्छ भनेर जुन गर्नुभएको छ । हामीले यहाँ जति छलफल गरेपनि संशोधन हुँदैन, परिवर्तन हुँदैन भन्नेकुरा सबैलाई थाहा छ । खालि रेकर्डका लागि बजेटप्रति असहमति व्यक्त गर्न मात्रै हामी यहाँ उभिएका छौ ।’ उहाँले सन्तुलन मिलाउन नसक्दा अहिले लोड सेडिङ भइरहेको बताए । उनले विदेशीको हातमा आयोजना राख्न दिने भन्दा पनि आफ्नै लगानीबाट नेपालमा उर्जाको उत्पादन गर्न आवश्यक रहेको बताए ।