२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सशस्त्र प्रहरी निरीक्षकसहित दुई जना अख्तियारको नियन्त्रणमा

बिहिवार , फाल्गुण १३, २०७७

बुटवल, १३ फागुन । रुपन्देहीका फर्निचर ब्यवसायीसँग घुस रकम दिँदै गर्दा एक सशस्त्र प्रहरी निरीक्षकसहित दुई जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले फर्निचर उद्योगलाई काठ गराउन सहजिकरण गराइदिने भन्दै लिएको ५० हजार घुस रकमसहित सशस्त्र प्रहरी निरीक्षकसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा गापा ३ लोण्डिहवा, रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले काठ ब्यबसायीबाट घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिइएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताए। 

काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट लिइएको ५० हजार घुससहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले जानकारी दिए ।