२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राप्रपाका अध्यक्ष लिङ्देनले च्याते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तीका

मंगलवार , आषाढ ५, २०८१

काठमाडौं, असार ४।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेट पुस्तीका च्यातेका छन । 

मंगलबार विनियोजन विधेयक, २०८१ अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै लिङ्देनले बजेट पुस्तीका च्यातेका हुन । आफु निकै नरम प्रवृतिको मान्छे भएपनि सो मन्त्रालयको बजेट देख्नेबितिकै रिस उठेको उनले बताए । लिङ्देनले संसदको हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि चार वटा निर्वाचन क्षेत्रबाहेकका सांसदहरुको बजेटमाथि आक्रोश नै रहेको बताए ।

उनले पहँुचका भरमा राज्यको स्रोतमाथि खेलबाड गरेको आरोप लगाएका छन । उनले अहिले बजेट बनाउने मौका पाउदा मन्त्रीहरुले देखाएको गलत कामले अहिलेको व्यवस्थामाथि उठेको आक्रोश सहि पुष्टि हुदै गएको दावी गरे । उनले संसदमा रहेका सवै सांसदहरु जनताको मत लिएर आएको भन्दै बजेटको बितरणमा देखिएको पक्षपात उचित नभएको तर्क गरे ।