२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न मिल्दैन : सांसद पौडेल

मंगलवार , आषाढ ५, २०८१

काठमाडाैं, ४ असार । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलका क्रममा पौडेलले सरकारको छाँया पर्ने भएकाले राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहतमा राख्न नमिल्ने बताएका हुन् ।

उनले सम्पती शुद्धिकरण आयोग, राजस्व लगाएतलाई स्वतन्त्र हुने गरि व्यवस्था गर्नुपर्ने समेत बताए । संसदबाट बजेट पास गर्नुपर्ने अवस्थामा सांसदहरुले दिएको सुझाव उल्लेख हुनुपर्ने उनको भनाइ छ । उनले सवै बिषयमा पार्टीको ह्वीप लाग्ने बिषयलाई अव सच्चाउनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले अहिलेको बजेट निश्चित व्यक्तिहरुको क्षेत्रमा केन्द्रीत गरेको भन्दै आपत्ती जनाए । पौडेले “विनियोजन विधयेक, २०८१ अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव समेत प्रस्तु गरे ।