२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

एलएसडीटीमा गणित विषयको महत्वबारे चर्चा

शनिवार , आषाढ ९, २०८१

  • 814
    Shares
  • 814
    Shares
  • भैरहवा, ८ असार ।
    भैरहवामा आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई गणित विषयको महत्वबारे जानकारी दिइएको छ । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को ११९ औं श्रृंखलाको अवसरमा शनिबार आयोजित जीवनमा गणितको महत्व विषयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल गणित समाजका लुम्बिनी प्रदेश अध्यक्ष गोपाल प्रसाद आचार्यले गणित विषय पढ्नका निम्ति ग्राहो विषय नभएको बताए । उनले पढाउनेमध्ये केहीले रामोसँग पढाउन नसक्नु र केही विद्यार्थीले रुची नदिनुका कारण गणित विषयलाई गाह्रो मानिएको धारणा राखे ।गौतमबुद्ध होराइजन स्कूलका प्राचार्य समेत रहेका आचार्यले भने, ‘गणित विषय जीवनको लागि उपयोगी विषय हो ।’

    एलएसडीटीका सदस्यहरुका बालबालिकाहरुलाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा अभिभावकहरु संजिव जोशी, दीपक गुप्ता, बसन्ता गौतम र सम्पदा गौतमले जिज्ञासा राखेका थिए।

    ११९ औं श्रृंखलाका अध्यक्ष गोबिन्द प्रसाद गिरीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै सदस्यहरुको स्वेच्छिक योगदानबाट सञ्चालित एलएसडीटीको कार्यक्रम भैरहवा क्षेत्रमा मात्र नभइ देशैभर चर्चित हुँदै गएको बताए ।

    कार्यक्रम संयोजक महेश नेपालले स्वागत मन्तव्य व्यक्त गर्दै भने, ‘यो तालिममा परिवारका हरेक उमेरका  सदस्यहरु अटाउन सक्छन । ध्यानबाट सुरु हुने तालिमले सबैलाई एक सुत्रमा बाँधेको छ ।’   

    कार्यक्रमको सञ्चालन व्यवसायी सन्दिप कुमार अग्रहरीले गरेका थिए । सो अवसरमा अग्रहरीले भने, ‘यो लिडरशिप स्किल्स डेभलपमेन्ट ट्रेनिङको मंच नभएको भए आज यहाँ म सञ्चालकको रुपमा प्रस्तुत हुने अवसर पाउँदैनथे होला ।’

    रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा प्रत्येक शनिबार सञ्चालन हुने तालिमको संस्थापक तथा मुख्य प्रशिक्षक विजय पाण्डे रहेको तालिम व्यवस्थापन समितिकी संयोजक नितु थापाले बताइन् । कार्यक्रममा गौतमबुद्ध होराइजन स्कूलका सह–प्राचार्य ज्ञानेश्वर ज्ञवाली लगायत ६० जनाको उपस्थिति रहेको थियो । तालिमको सहजीकरणमा फोटो पत्रकार राजेश पाण्डेले सहयोग गरेका थिए ।

    WhatsApp Image 2024-06-22 at 10.51.27 PM.jpeg
    WhatsApp Image 2024-06-22 at 10.49.19 PM.jpeg