
आइतवार , आषाढ १०, २०८१
काठमाडाैं, ९ असार । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनि गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागिसकेको अभिव्यक्ति दिएको भन्दै किन पक्राउ नगरिएको हो भनि प्रश्न गरे । उनले लोकेशन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनि प्रश्न गरे । उनले भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर आशंका समेत व्यक्त गरे । उनले गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको ४ दिन बितिसकेको भन्दै सरकारले कहिले जिबि राईलाई हाजिर गराउने हो स्पष्ट पार्नुपर्ने बताए ।
उनले देशलाई जिबी राईको लोकेशन नभइ जिबी राई नै चाहिएको बताए । उनले मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धी नचाहिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij