२०८३, आश्विन ७ गते

Sep 23 2026 | २०८३, आश्विन ७ गते

संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न सरकारलाई आग्रह

आइतवार , आषाढ १०, २०८१

  • 634
    Shares
  • 634
    Shares
  • काठमाडौ,९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संघीय संसद सचिवालयका कर्मचारीहरुको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

    आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले संघीय संसद सचिवालयका कर्मचारीहरुको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले कर्मचारीहरुले अतिरिक्त समयमा गरेको कामको भत्ता नपाएका र सरुवा पनि नहुने भन्दै उनीहरुमाथि अन्याय गर्नु नहुने बताएका छन् । उनले कर्मचारीहरुको माग पुरा गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    त्यस्तै आकस्म्कि समयमा बोल्दै नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलले स्वास्थ्य बीमा दर्ता सहयोगीहरु विभिन्न माग राखी स्वास्थ्य बीमा बोर्डमा आएका भन्दै उनीहरुको मागको सम्बोधन गर्नुपर्ने बताए ।

    उनले जेठ ६ गते स्वास्थ्य बीमा बोर्डमा आफ्नो माग लिएर जाँदा दमन गरिएको भन्दै दमन गर्नेलाई कारबाही गर्न पनि माग गरै।